Market Closed

नेपाल इन्स्योरेन्सको खुद नाफा रू.१ करोड ८ लाख

05 Jan,2016
  • Nepal_insurance_c_1_5_2016_12_01_30.jpg
पुस २१, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आव २०७२÷०७३ को प्रथम त्रैमाशको खुद मुनाफा रू. १ करोड ८ लाख रहेको छ । यो गत आवको तुलनामा १५ प्रतिशत कमी हो । कम्पनीको चालु सम्पत्ति कर्जा तथा पेश्की २० प्रतिशत र चालु दायित्व तथा व्यवस्थाहरु ३१ प्रतिशत बढेको छ । कम्पनीको कुल बीमाशूल्क आर्जन रकम रू.१६ करोड ३८ लाख र जारी बीमालेखको संख्या १७ हजार २ सय १५ रहेको छ । चालु आवमा कम्पनीको कुल दावी भुक्तानी रकम २ सय ७८ प्रतिशत बढेको छ । कुल दावी भुक्तानी सङ्ख्या ६ सय ८० रहको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दावी रकम ७६ प्रतिशत बढेको छ र  भुक्तानी हुन बाँकी सङ्ख्या २३ सय २३ रहेको छ । 

Post Your Comment