Market Closed

नेपाल इन्स्योरेन्सको खुद मुनाफा रू. २ करोड ४३ लाख

09 Feb,2016
 
माघ २५, काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आव २०७२÷७३ को दोस्रो त्रैमाशको खुद मुनाफा रू. २ करोड ४३ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ४ प्रतिशत बढी हो । कम्पनीको चालु सम्पत्ति कर्जा तथा पेश्की शून्य दशलमलव १० प्रतिशत र चालु दायित्व तथा व्यवस्था ९ प्रतिशत बढेको छ । चालु आवमा कुल बीमाशुल्क आर्जन रकम ११ प्रतिशत र कूल कायम रहेको बीमालेखको सङ्ख्या ९ प्रतिशत घटेकोे छ । कुल दावी भुक्तानी रकम २ सय १२ प्रतिशत र कूल दावी भुक्तानी सङ्ख्या १ सय ५ प्रतिशत बढ्को छ । त्यसैगरी भुक्तानी हुन बाँकी दावी रकम २१ प्रतिशत बढेको र भुक्तानी हुन बाँकी दावी सङ्ख्या २ हजार १ सय २१ रहेको छ । 


 
 

Post Your Comment