Market Closed

नेको इन्सुरेन्सको नाफा १९.५६% ले बढ्यो, जगेडा कोष मजबुत बन्दै

15 May,2019
  • neco-insurance-company-_6_25_2018_10_33_00.jpg
नेपाली पैसा
 
काठमाडौं : नेको इन्सुरेन्सले खुद नाफा १९.५६% ले वृद्धि गर्दा जगेडा कोष पनि मजबुत बनाउँदै लगेको छ । चैत मसान्तसम्म आइपुग्दा इन्सुरेन्सले २५ करोड १५ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा २१ करोड ३ लाख ९६ हजार रुपैयाँ रहेको खुद नाफा यो १९.५६% ले बढाएको हो । 
 
यता, तेस्रो त्रैमाससम्म आइपुग्दा नेकोले जगेडा कोषमा पनि आकर्षक वृद्धि गरेको छ । अहिलेसम्म जगेडा कोषमा ५५ करोड ३२ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । यो गत वर्षको तुलनामा ८३.४३% ले बढी हो । गत वर्ष यसै अवधिमा जगेडा कोषमा ३० करोड १६ लाख २६ हजार रुपैयाँ मात्र रहेको थियो ।
 
यस्तै, बिमा कोष ७१.७८% ले बढेर ६६ करोड ९१ लाख ८५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको बिमा कोष ३८ करोड ९५ लाख ५९ हजार रुपैयाँ थियो । खुद बिमा शुल्क १८.८९% ले बढेर ८५ करोड ७० लाख ९ हजार रुपैयाँ पुगेको छ । हालसम्म ३७ करोड १६ लाख ४६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी गर्न बाँकी दाबी रकम ३४ करोड २० लाख रुपैयाँ छ ।
 
चैत मसान्तसम्म नेकोको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी गत वर्षको भन्दा ५०% ले धेरै भएको हो । पुँजीको तुलनामा नाफा वृद्धि अनुपात थोरै हुँदा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ २५ पैसाले घटेर २८ रुपैयाँ ५२ पैसामा आइपुगेको छ । नेकोको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ २९ पैसा रहेको छ । 

नेको इन्सुरेन्सको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment