Market Closed

नेरुडेको १ लाख ८ हजार ७३६ कित्ता सेयर मंगलबारदेखि लिलामीमा

26 Jun,2017
  • Nerude-lagghubitta-bikas-bank-Ltd_6_26_2017_2_51_42.jpg
नेपाली पैसा
 
काठमाडौंः नेरुडे लघुवित्त विकास बैंकले संस्थापक र सर्वसाधारण समूहको सेयर मंगलबारदेखि लिलामीमा बिक्री खुला गर्दैछ । नेरुडेले संस्थापक समूहको ९३ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता गरी कुल १ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लघुवित्तले चैत २४ देखि वैशाख ७ गतेसम्म ५०% हकप्रद निष्कासन गर्दा नबिकेको सेयर लिलामी गर्न लागेको हो । लिलामीमा सेयर किन्न असार २० गतेसम्ममा बोलपत्र फारम पेस गरिसक्नुपर्नेछ । न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकि आवेदन दिनु पर्नेछ । संस्थापक समूहमा न्यूनतम १ हजार कित्तादेखि १० ले भाग जाने सबै कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
 
बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्नेगरी पेस गर्नुपर्नेछ । लिलामीको बोलपत्र असार २१ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ भने यसको बाँडफाँट असार २५ गते हुनेछ । नेरुडेले लिलामीमा सेयर नपरेको पैसा असार २८ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता भुत्तानी गरिने जनाएको छ । नेरुडेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा यसको चुत्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ छ । नेरुडेको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ७३ पैसा छ ।
 

Post Your Comment