Market Closed

नेरुडे लघुवित्तको १ लाख ८ हजार ७३६ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन, बजार मूल्य १२ सय ४८ रुपैयाँ

04 Jul,2017
  • Nerude-lagghubitta-bikas-bank-Ltd_7_4_2017_10_28_33.jpg
नेपाली पैसा
 
काठमाडौंः नेरुडे लघुवित्त विकास बैंकको संस्थापक र सर्वसाधारण समूहको सेयर लिलामी भर्ने आज (मंगलबार) अन्तिम दिन हो । नेरुडेले असार १३ गतेदेखि संस्थापक समूहको ९३ हजार ९७७ कित्ता र सर्वसाधारण समूहको १४ हजार ७५९ कित्ता गरी कुल १ लाख ८ हजार ७३६ कित्ता सेयरको लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । नेप्सेमा नेरुडेको हालको बजार मूल्य १२ सय ४८ रुपैयाँ छ । संस्थापक समूहमा न्यूनतम १ हजार कित्तादेखि १० ले भाग जाने सबै कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।
 
यसका लागि बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंमा पुग्नेगरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र बुधबार दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ भने यसको बाँडफाँट असार २५ गते हुनेछ । नेरुडेले लिलामीमा सेयर नपरेको पैसा असार २८ गतेदेखि आवेदन बुझाएको संकलन केन्द्रबाट फिर्ता दिने जनाएको छ । नेरुडेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमासमा यसको चुक्ता पुँजी २१ करोड ६० लाख रुपैयाँ छ । नेरुडेको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ७३ पैसा छ ।

Post Your Comment