नेरुडे लघुवित्तको नाफा १६.८७ % वृद्धि, रिजर्भ कोषको आकार २३३.८३% ले लाग्यो माथि

10 Aug,2017
  • Nerude-lagghubitta-bikas-bank-Ltd_8_10_2017_12_44_04.jpg
नेपाली पैसा
 
काठमाडौँ : नेरुडे लघुवित्त विकास बैकले आर्थिक वर्ष २०७३।७४ मा १६.८७ प्रतिशतले खुद नाफा वृद्धि गरेर ९ करोड ४६ लाख ७७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष नेरुडेको खुद नाफा ८ करोड १० लाख ९ हजार रुपैयाँ थियो । नेरुडेले खुद ब्याज आम्दानी पनि २८.३० प्रतिशतले बढाएर ३१ करोड ६१ लाख १४ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा नेरुडेको खुद ब्याज आम्दानी २४ करोड ६३ लाख ८० हजार रुपैयाँ थियो । कम्पनीले १ अर्ब १३ करोड ८० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.३४ प्रतिशतले बढी हो । अघिल्लो आवमा ८१ करोड ८ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, कर्जा लगानी पनि ४८.०२ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । नेरुडेको अघिल्लो वर्ष २ अर्ब ९ करोड १० लाख ५८ हजार रुपैयाँ कर्जा लगानी थियो ।
 
नेरुडे लघुवित्तको खराब कर्जा ०.८७ प्रतिशत छ भने कस्ट अफ फन्ड ९.९५ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा खराब कर्जा घटेको हो भने कस्ट अफ फन्ड बढेको हो । अघिल्लो वर्ष खराब कर्जा र कस्ट अफ फन्ड क्रमशः १.०९ प्रतिशत र ६.९५ प्रतिशत थियो । नेरुडेको चुक्ता पुँजी ४१.६६ प्रतिशतले वृद्धि भएर ३० करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा २१ करोड ६० लाख रुपैयाँ थियो । रिजर्भ कोषमा ३९ करोड ६६ लाख  ३७ हजार रुपैयाँ जम्मा भएको छ । रिजर्भ कोष अघिल्लो वर्षको तुलनामा २३३.८३ प्रतिशत बढी हो । अघिल्लो वर्ष ११ करोड ८८ लाख ११ हजार रुपैयाँ नेरुडेको रिजर्भ कोषमा थियो ।  कम्पनीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ६२ पैसा छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी घटेको छ भने नेटवर्थ बढेको छ । अघिल्लो आर्थिक वर्षमा नेरुडेको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ १९ पैसा थियो भने प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ४४ पैसा थियो ।

Post Your Comment