Market Closed

नेरुडे पनि लाग्यो ओरालो, खुद नाफा ७०.९६% ले घट्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ ३५ पैसा

15 Nov,2017
  • Nerude-lagghubitta-bikas-bank-Ltd_11_15_2017_2_35_43.jpg
नेपाली पैसा
 
काठामाडौं : नेरुडे लघुवित्त विकास बैंकको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफा ७०.९६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ४१ लाख ९५ हजार रुपैयाँ रहेको नेरुडेको खुद नाफा यसपालि ४१ लाख २१ हजार रुपैयाँमा सीमित भएको हो । कम्पनीको खुद ब्याज आम्दानीमा भने ३.११ प्रतिशतको झिनो वृद्धि देखिएको छ । नेरुडेले यो तीन महिनामा ७ करोड ४५ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष ७ करोड २२ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी थियो । नेरुडेको सञ्चालन नाफा पनि ७१.१४ प्रतिशतले घटेको छ । चालु आवको पहिलो तीन महिनामा ६४ लाख ७६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्षको यसै अवधिमा नेरुडेको सञ्चालन नाफा २ करोड २३ लाख ६ हजार रुपैयाँ थियो । १ अर्ब २० करोड ६३ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको नेरुडेले ३ अर्ब २३ करोड १६ लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप र कर्जा लगानी गत वर्षको तुलनामा क्रमश ः ४०.९९ प्रतिशत र ३४.२६ प्रतिशत बढी हो । गत वर्ष यसले ८५ करोड ५६ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो भने २ अर्ब ४० करोड ६९ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यसको खराब कर्जा ०.९५% बाट बढेर १.०६% पुगेको छ । यसैगरी, गत वर्ष ६.८७% रहेको कस्ट अफ फन्ड बढेर अहिले १०.४०% पुगेको छ । कम्पनीको रिजर्भ कोषमा २८ करोड ८६ लाख ५४ हजार रुपैयाँ छ भने चुक्ता पुँजी ३० करोड ६० लाख रुपैयाँ छ । गत वर्ष चुक्ता पुँजी १८ करोड रुपैयाँमात्र थियो । नेरुडेको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ३३ पैसा छ ।

Post Your Comment