नेरुडेको २०.७९% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, पुस २० मा एजीएम

19 Dec,2018
  • nerude_photo_12_19_2018_11_06_08.jpg
नेपाली पैसा 
 
काठमाडौं ः नेरुडे लघुवित्त वित्तीय संस्थाको २०.७९% लाभांश सुरक्षित गर्ने आज (मंसिर ४ गते) अन्तिम मौका हो । पुस २० गते हुने वार्षिक साधारण सभाको लागि कम्पनीले बिहीबारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । यसआधारमा बुधबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 
कम्पनीले गत वर्षको कमाईबाट १५% बोनस सेयर र ५.७९% नगद लाभांश वितरण गर्न लागेको हो । यस कम्पनीको बोनस वितरणमा ५ करोड १८ लाख ६७ हजार रुपैयाँ र नगदमा २ करोड १८ हजार ८४२ रुपैयाँ खर्च हुनेछ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । 
 
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहनेछ ।
 
हाल यस लघुवित्तको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ छ । १५% बोनसपछि पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा नेरुडेले ५ करोड ६४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा रहेको छ ।
 

Post Your Comment