Market Closed

नेरुडेको १५% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

20 Dec,2018
  • Price_adjustment_12_22_2017_11_31_40.jpg
नेपाली पैसा
 
काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १५% बोनस सेयरपछि समायोजित मूल्य प्रतिकित्ता ४६५ रुपैयाँ २२ पैसा कायम भएको छ । बिहीबार नेरुडेको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य ७१२ रुपैयाँ ११ पैसा रहेको छ ।
 
पुस २० मा साधारण सभा गर्न यो कम्पनीले बिहीबार बुक क्लोज गरेको छ । यसआधारमा बुधबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् । नेरुडेले गत वर्षको कमाईबाट १५% बोनस सेयर र ५.७९% नगद लाभांश वितरण गर्न लागेको हो । यस लघुवित्तको बोनस वितरणमा ५ करोड १८ लाख ६७ हजार रुपैयाँ र नगदमा २ करोड १८ हजार ८४२ रुपैयाँ खर्च हुनेछ । सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।
 
हाल यस लघुवित्तको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ छ । १५% बोनसपछि पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा नेरुडेले ५ करोड ६४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा रहेको छ । 

Post Your Comment