Market Closed

नेरुडे लघुवित्तले २०.७९% लाभांश पारित गर्न कहिले बोलायो साधारण सभा ?

31 Dec,2018
  • agm_n_12_31_2018_1_33_29.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाले २०.७९% लाभांश पारित गर्न शुक्रबार (पुस २० गते) साधारण सभा बोलाएको छ । गत मंसिर ४ गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउन सक्नेछन् ।  कम्पनीले गत वर्षको कमाईबाट १५% बोनस सेयर र ५.७९% नगद लाभांश वितरण गर्न लागेको हो ।

बोनस वितरणमा नेरुडेले ५ करोड १८ लाख ६७ हजार रुपैयाँ र नगदमा २ करोड १८ हजार ८४२ रुपैयाँ खर्च गर्नेछ । साधारण सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ । 
 
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहनेछ ।
 
हाल यस लघुवित्तको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ छ । १५% बोनसपछि पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा नेरुडेले ५ करोड ६४ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ २२ पैसा छ ।
 

Post Your Comment