Market Closed

नेरुडेको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

02 Jul,2019
  • Auction_6_25_2019_10_06_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार (असार १७ गते) अन्तिम दिन हो । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । नेरुडेले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १९६ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यही मूल्यलाई न्यूनतम आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ ।

कम्पनीले असार १० गतेदेखि संस्थापक सेयर लिलामी खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 

Post Your Comment