नेरुडे लघुवित्तको १५% बोनस सेयर नेप्सेमा भयो सूचीकरण

02 Jul,2019
  • listings_template_7_2_2019_5_10_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा मंगलबार नेरुडे लघुवित्त वित्तीय संस्थाको ५ लाख १८ हजार ६७० कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेरुडे गत वर्षको नाफाबाट लगानीकर्तालाई १५% बोनस सेयर दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको थियो । सोही बोनस अहिले सूचीकरण गरिएको हो ।

१५% बोनसपछि कम्पनीको चुक्ता पुँजी ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यस लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ९७ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा छ ।
 

Post Your Comment