Market Closed

नेरुडे लघुवित्तले गठन गर्यो मर्जर उपसमिति, को-को छन् सदस्य ?

15 Jul,2019
  • 1_7_15_2019_1_17_02.jpg
नेपाली पैसा
 
काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जर उपसमिति गठन गरेको छ । शुक्रबार (असार २७ गते) बसेको सञ्चालक समिति बैठकले नेरुडेसँग अन्य लघुवित्त संस्था गाभ्ने तथा प्राप्ति गर्ने कार्यका लागि सञ्चालक सुरेन्द्रराज भट्टराईको संयोजकत्वमा ३ जनाको मर्जर उपसमिति गठन गरेको हो । सञ्चालक वेदराज आचार्य र प्रबन्ध सञ्चालक सुधिर कुमार श्रेष्ठ यसका सदस्य रहेका छन् । यो उपसमितिले मर्जर तथा एक्विजिसनका लागि उपयुक्त संस्था खोज्ने लगायत अन्य आवश्यक गृहकार्य गर्ने कम्पनीले जनाएको छ ।

Post Your Comment