Market Closed

एनएलजी इन्स्योरेन्स : कम्पनी विश्लेषण (आइतवार, ७ कात्तिक २०७३)

23 Oct,2016
  • nlg_insurance_resize_10_23_2016_2_38_06.jpg

कम्पनी २०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३१ दशमलव ६२ प्रतिशत बढेको छ । कम्पनीको गत पुसमा भएको साधारणसभाले पारित गरेको २० प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : ओभरबट जोन (७५ दशमलव ९७ स्केल)मा छ । खरीद चाप बढेकोे छ ।

स्ट्याण्डर्ड डेभिएशन : ६ दशमलव ९७ विन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य र सातदिने रेखा एकै ठाउँमा आएका छन् । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. २ हजार ५० मा टेवा र मूल्य महँगिएमा रू. २ हजार २ सय ५० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना :
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा ३१ दशमलव ६२ प्रतिशत बढेर रू. २० करोड ११ लाख पुगेको छ । आम्दानी ५१ दशमलव ९० प्रतिशत र आय २३ दशमलव ४३ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- जगेडा कोष ४१ दशमलब ८० प्रतिशत बढेर रू. १४ करोड ८१ लाख र बीमा कोष २८ दशमलव ५९ प्रतिशत बढेर रू. ४५ करोड २२ लाख पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ९ दशमलव २३ प्रतिशतबाट घटेर रू. ३१ करोड १ लाखमा सीमित भएको छ ।

- व्यय १२ दशमलव २३ प्रतिशत बढेर रू. १ अर्ब ६ करोड पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू १४ दशमलव २१ प्रतिशत बढेको छ भने चालू दायित्व तथा व्यवस्थाहरू २ दशमलव ४५ प्रतिशत घटेको छ ।

- कुल दाबी भुक्तानी सङ्ख्या ४ हजार ९ सय ४६ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या १ हजार ५ सय ६६ छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ४९ र पीई रेशियो ४० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको करीब ९ गुणा छ ।

Post Your Comment