Market Closed

एनएलजी इन्सुरेन्सले दिने भयो २५ प्रतिशत बोनस सेयर, कर तिर्न नगद लाभांश पनि

06 Dec,2016
  • nlg_44_12_6_2016_1_21_08.png
नेपाली पैसा 
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयरसहित कर तिर्न १.३१५ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको हो । 
 
कम्पनीको निर्णय नियामक बिमा समिति र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउन सक्नेछ ।  गत असार मसान्तको रिपोर्ट अनुसार एनएलजीको चुक्ता पुँजी ४० करोड ९८ लाख ६० हजार रूपैयाँ छ । 
 
एनएलजीको बिमा कोषमा १४ करोड ८१ लाख ५५ हजार रूपैयाँ जम्मा भइसकेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४९ रूपैयाँ सात पैसा अनि प्रतिसेयर नेटवर्थ २५१ रूपैयाँ २२ पैसा छ । 

Post Your Comment