Market Closed

एनएलजी इन्सुरेन्सले २५% बोनस सेयर दिने, कर तिर्न १.३२% नगद पनि

18 Dec,2017
  • NLG-insurance-company-ltd_12_18_2017_4_27_27.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले २५% बोनस सेयर दिने भएको छ । इन्सुरेन्सको सोमबार बसेको सञ्चालक समिति बैठकले २५% बोनस र कर तिर्न १.३२% नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । एनएलजीले बोनस सेयरका लागि १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ र कर तिर्न ६७ लाख ४१ हजार ११६ रुपैयाँ खर्च गर्नेछ । हाल यो इन्सुरेन्सको चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड २५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ १७ पैसा छ । 

Post Your Comment