Market Closed

एनएलजी इन्सुरेन्सको २५% बोनस पारित गर्न फागुन ३ मा एजीएम, बुक क्लोज कहिले ?

23 Jan,2018
  • NLG-insurance-compa_1_23_2018_11_22_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएलजी इन्सुरेन्सको बाह्रौ वार्षिक साधारण सभा फागुन ३ मा हुने भएको छ । सभामा कम्पनीले २५% बोनस सेयर दिने विशेष प्रस्ताव लैजाने भएको छ । त्यस्तै, १.३१५% नगद लाभांश (कर प्रयोजनका लागि) दिने भएको छ । एनएलजीले बोनस सेयरका लागि १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ र नगद लाभांश प्रयोजनका लागि ६७ लाख ४१ हजार ११६ रुपैयाँ खर्च गर्नेछ । साधारण सभा नेपाल प्रदर्शनी मार्गस्थित टुरिजम बोर्डको भवनमा बिहान १० बजे सुरु हुनेछ । बोनस सेयर जारी भए पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०२३–७४ को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने र २०७४ असार मसान्त सम्मको वासलात तथा नाफा नोक्सान सम्बन्धी सम्पूर्ण हिसाबहरु अनुमोदन गर्ने प्रस्ताव पनि साधारण सभाको एजेन्डा हुनेछ । सभामा ख र ग, समूहबाट २–२ जना गरी ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने विषय पनि समेटिएका छन् । साधारण सभा गर्न कम्पनीले माघ १८ देखि फागुन ३ गतेसम्म बुक क्लोज गर्दैछ । माघ १७ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् । हाल एनएलजीको चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । २५% बोनस सेयर वितरण पछि भने कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० हजार पुग्नेछ ।  
 
 
 
 

Post Your Comment