Market Closed

एनएलजी इन्सुरेन्सको २६.३१५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

31 Jan,2018
  • NLG-insurance-company-ltd_1_31_2018_10_24_24.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सको २५% बोनस सेयर र १.३१५% नगद लाभांश सुरक्षित गर्ने बुधबार (माघ १७ गते) अन्तिम दिन हो । इन्सुरेन्सले फागुन ३ गते हुने वार्षिक साधारण सभामा बोनस र नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले बिहीबार (माघ १८ गते) देखि बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । एनएलजीको लाभांश सुरक्षित गर्न नयाँ लगानीकर्ताले पनि बुधबार नै सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । एनएलजीले बोनस सेयरका लागि १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ र नगद लाभांशका लागि ६७ लाख ४१ हजार ११६ रुपैयाँ खर्च गर्नेछ । साधारण सभा नेपाल प्रदर्शनी मार्गस्थित टुरिजम बोर्डको भवनमा बिहान १० बजे सुरु हुनेछ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश पनि सभामा पेश हुनेछ । आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने र २०७४ असार मसान्तसम्मको वासलात तथा नाफा नोक्सान सम्बन्धी सम्पूर्ण हिसाबहरु अनुमोदन गर्ने पनि साधारण सभाको एजेन्डा हुनेछ । सभामा ख र ग, समूहबाट २–२ जना गरी ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने विषय पनि समेटिएका छन् । हाल एनएलजीको चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । २५% बोनस सेयर वितरण पछि भने कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० हजार पुग्नेछ ।

Post Your Comment