Market Closed

एनएलजी इन्सुरेन्सको २५% बोनस समायोजनपछि कति भयो सेयर भाउ ?

02 Feb,2018
  • NLG-insurance-company-ltd_2_2_2018_12_34_33.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सको २५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता १ हजार ८४ रुपैयाँ कायम भएको छ । आइतबार एनएलजीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुल्नेछ । यसको औसत आधार मूल्य भने ९९६ रुपैयाँ छ । इन्सुरेन्सले फागुन ३ गते हुने वार्षिक साधारण सभामा २५% बोनस र १.३१५% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले बिहीबार (माघ १८ गते) देखि बुक क्लोज गरेको हो । साधारण सभा नेपाल प्रदर्शनी मार्गस्थित टुरिजम बोर्डको भवनमा बिहान १० बजे सुरु हुनेछ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदनमा छलफल गरी स्वीकृत गर्ने र २०७४ असार मसान्तसम्मको वासलात तथा नाफा नोक्सान सम्बन्धी सम्पूर्ण हिसाबहरु अनुमोदन गर्ने पनि साधारण सभाको एजेन्डा हुनेछ । सभामा ख र ग, समूहबाट २–२ जना गरी ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने विषय पनि समेटिएका छन् । हाल एनएलजीको चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । २५% बोनस सेयर वितरण पछि भने कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० हजार पुग्नेछ ।

Post Your Comment