Market Closed

एनएलजीको प्रगति, खुद नाफा ६.४८% बढ्दा प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६६ पैसा

12 Feb,2018
  • NLG-insurance-company-_2_12_2018_10_38_04.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ करोड ८५ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६.४८% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष ७ करोड ३७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एनएलजीले कुल ७३ करोड ४५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ६७ करोड ९० लाख ८४ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको थियो । यता, दोस्रो त्रैमाससम्ममा कम्पनीले १० करोड ४ लाख ४७ हजार रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ । गत वर्ष ७ करोड ५७ लाख ५१ हजार रुपैयाँ मात्र पुनर्बिमा कमिसनबाट आम्दानी गरेको थियो ।

यता, एनएलजीको खुद बिमा शुल्क आर्जन भने ३८ करोडबाट घटेर ३६ करोड ५६ लाख ९३ हजार रुपैयाँमा खुम्चिएको छ । एनएलजीले कुल ३२ करोड ७७ लाख २२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ७६ करोड १६ लाख ४५ हजार रुपैयाँ छ । चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १७ करोड ७५ लाख ८८ हजार रुपैयाँ छ । गत वर्षको कमाईबाट एनएलजीले २५% बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । बोनसपछि भने कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० हजार पुग्नेछ ।

फागुन ३ हुने साधारण सभामा एनएलजीले २५% बोनस र १.३१५% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले माघ १८ गतेदेखि बुक क्लोज गरेको हो । यता, बिमा कोषको रकम पनि ५० करोडबाट बढोत्तरी गरेर ६२ करोड ६ लाख ४ हजार रुपैयाँ पुर्याउन एनएलजी सफल भएको छ । कम्पनीले महाविपत्ति जगेडा कोषमा ४ करोड २१ लाख ८१ हजार रुपैयाँ राखेको छ । एनएलजीको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ २६४ रुपैयाँ ०३ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ ७९ पैसा र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ३५ पैसा रहेको थियो । 

http://www.nepalipaisa.com/documentviewer.aspx/NLG/NLG-Insurance-Company-Ltd./file/nlg_insurance_co_ltd_watermark_2_12_2018_12_31_38_PM.pdf
 

Post Your Comment