Market Closed

एनएलजीको खुद नाफामा १६.३७% वृद्धि, बिमा कोषमा कति ?

15 May,2018
  • NLG-insurance-company-ltd_5_15_2018_12_01_06.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड १० लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा १६.३७% ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष १२ करोड ९७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
एनएलजीले ५५ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । गत वर्ष ५९ करोड ८ लाख २१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यता, कम्पनीले १३ करोड ७५ लाख २४ हजार रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ ।
 
यस्तै, इन्सुरेन्सले कुल ५० करोड ५ लाख ९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ८१ करोड ८२ लाख २७ हजाार लाख ४५ हजार रुपैयाँ छ । जारी बिमालेखको संख्या गत वर्ष १ लाख ४७ हजार २२१ रहेकामा यो वर्ष घटेर १ लाख २५ हजार १०२ मा आएको छ ।
 
एनएलजीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ८ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ । बिमा कोषमा ६५ करोड ६८ लाख ५० हजार रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ४ करोड २१ लाख ८१ हजार रुपैयाँ जम्मा गरेको छ । एनएलजीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ५४ पैसा रहेको छ ।

एनएलजीको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment