Market Closed

एनएलजि इन्सुरेन्सको नाफा सुस्त हुँदा जगेडा कोष भने मजबुत

15 May,2019
  • NLG-insurance-company-ltd_5_15_2018_12_01_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएलजि इन्सुरेन्सको नाफा १.५९% ले बढेको छ । कम्पनीले यस अवधिमा १५ करोड ३४ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यसै अवधिमा यसले १५ करोड १० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको जगेडा कोष भने मजबुत बनेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जगेडा कोष १९ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १३१.७५% ले बढी हो । यसको जगेडा कोषमा गत वर्ष ८ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको थियो । 
 
बिमा कोषको आकार यस अवधिमा १९.३८% ले बढेर ७८ करोड ४१ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा ६५ करोड ६८ लाख ५० हजार रुपैयाँ थियो । साथै, यसको महाविपत्ति जगेडामा ५ करोड ४६ लाख १ हजार रुपैयाँ छ । गत वर्ष महाविपत्ति जगेडामा ४ करोड २१ लाख ८१ हजार रुपैयाँ थियो । 
 
चैत मसान्तसम्म यस इन्सुरेन्सको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमास सम्म आइपुग्दा यसको खुद बिमा शुल्क घटेको छ । यसको बिमा शुल्क ३.५९% ले घटेर ५३ करोड ६० लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा यसले ५५ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
 
चालु आर्थिक वर्षको ९ महिना सम्म आइपुग्दा यसले ३२ करोड ९७ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ८७ करोड ९७ लाख ४३ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । एनएलजिले यस अवधिमा प्रतिसेयर आम्दानी ५० पैसाले बढाएर ३१ रुपैयाँ ९४ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा रहेको थियो । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ०१ पैसा छ । 
 
 

Post Your Comment