Market Closed

नेप्सेमा एकै दिन ३ करोड ६४ लाख ५ हजार कित्ता हकप्रद र बोनस सूचीकृत, कसको के ?

31 May,2018
  • listings_template_5_31_2018_5_48_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार कुल ३ करोड ६४ लाख ५ हजार ८५३.७५ कित्ता सेयर सूचीकृत भएको छ । यसमध्ये २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद र १ करोड ५६ लाख ६४ हजार ९६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 
 
सबैभन्दा धेरै सिभिल बैंकको २ करोड ७ लाख ४० हजार ८८६.७५ कित्ता हकप्रद सेयर सूचीकरण गरिएको छ । सिभिलको गत मंसिर २२ देखि माघ १२ गतेसम्म बिक्री खुला भएको ४०% हकप्रद सूचीकरण भएको हो । 


 
यसैगरी, नेपाल लाइफ इन्सुरेन्सको ४२% बोनस पनि सूचीकृत भएको छ । नेपाल लाइफको १ करोड ३० लाख ५ हजार कित्ता सेयर सूचीकरण गरिएको हो । 
 
बोनस सेयर सूचीकरण गराउनेमा साना किसान लघुवित्त वित्तीय संस्था, एनएलजी इन्सुरेन्स र एभरेष्ट इन्सुरेन्स पनि रहेका छन् । 
 
 
 
 
 

Post Your Comment