Market Closed

जीवन बिमा कम्पनीहरुको नाफा कति, कुन छ सबैभन्दा तगडा ? (विवरण सहित)

20 Nov,2018
  • 11_11_20_2018_8_28_39.jpg
नेपाली पैसा
 
काठमाडौं : सूचीकृत अधिकांश जीवन बिमा कम्पनीहरुको खुद नाफामा सुधार देखिए पनि प्रतिसेयर आम्दानीले भने लगानीकर्ता खुशी बनाउन सकेको छैन । सूचीकृत ७ वटै जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । गुराँस लाइफ बाहेक बाँकी सबैको खुद नाफा बढेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सले २० करोड ४१ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 
यता, चुक्ता पुँजी र जीवन बिमा कोषमा पनि नेपाल लाइफ नै सबैभन्दा बलियो देखिएको छ । यसको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ पुगेको छ । यस्तै, नेपाल लाइफको जीवन बिमा कोषमा ५४ अर्ब ४३ करोड ६४ लाख ७३ हजार रुपैयाँ रहेको छ । सूचीकृत अन्य जीवन बिमा कम्पनीहरुले गत वर्षको भन्दा चुक्ता पुँजी बढाए पनि बिमा समितिले तोके अनुसार पुर्याउन भने अझै बाँकी छ ।


 
चुक्ता पुँजी वृद्धि हुँदा अधिकांश कम्पनीको प्रतिसेयर आम्दानीमा भने असर परेको छ । नाफा माथि लागे पनि पुँजीको अनुपातमा सुधार हुन भने सकेको छैन । लाइफ इन्सुरेन्स कर्पोरेसनको प्रतिसेयर आम्दानीमा झिनो मात्र सुधार भएको हो । अन्यको सबैको घटेको छ । यस कम्पनीको पुँजी वृद्धि भइनसकेकाले पनि प्रतिसेयर आम्दानी उल्लेख्य रुपमा नघटेको विश्लेषण गरिएको छ । पुँजी वृद्धिसँगै नाफा र प्रतिसेयर आम्दानी पनि सुधार गर्नुपर्ने चुनौती बिाम कम्पनीहरुलाई छ । विस्तारै नाफा सहित अन्य महत्वपूर्ण सूचकहरुमा सुधार हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।

Post Your Comment