Market Closed

बिमा कम्पनीहरुलाई पुँजी वृद्धि चटारो, को कति सफल ? (तथ्यांकमा)

08 Jul,2018
  • insurance_img_7_8_2018_7_33_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : बिमा समितिले चालु आर्थिक वर्षको असार समान्तसम्म जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवनलाई १ अर्ब रुपैयाँ चुक्त पुँजी पुर्याउन निर्देशन दिएपछि कम्पनीहरु यतिबेला पुँजी वृद्धिकै दौडमा छन् । नियामक निकाय बिमा समितिले बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै समितिले २०७५ असार मसान्तसम्म जीवन बिमा कम्पनीलाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । समितिको निर्देशनपछि बिमा कम्पनीहरूले हकप्रद र बोनस सेयर जारी गरेर पुँजी पुर्याउने योजना पेश गरेका थिए । 
 
बिमा कम्पनीहरुले योजना अनुसार नै पुँजी वृद्धिको उपाय अपनाइरहेका छन् । कतिपयले त तोकिएको चुक्ता पुँजी पुर्याइसकेका छन् । धेरै निर्जीवन कम्पनीहरुको पुँजी पुग्ने स्पष्ट संकेत पनि देखिएको छ । तर केही कम्पनीहरुको भने विभिन्न विवादका कारण अझै अन्योल अवस्थामै रहेको देखिन्छ । 

 
यता, तोकिएको समयमा पुँजी पुर्याउन नसक्ने बिमा कम्पनीहरुलाई अर्को ६ महिनाको चिठ्ठा पर्ने देखिएको छ । धेरैजसो बिमा कम्पनीको चुक्ता पुँजी तोकेको समयमा नपुग्ने देखिएपछि बिमा समितिले अधिकतम ६ महिनासम्म समय थप गर्ने बताएको छ । 



 
अहिलेसम्म जीवन बिमातर्फ नेपाल लाइफ इन्सुरेन्सको मात्र चुक्ता पुँजी पुगेको छ । नेपाल लाइफको ४ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी पुगिसकेको छ । यस्तै, नेसनल लाइफले पनि हकप्रद बिक्रीपछि २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ पुँजी पुर्याउने छ । सूर्या लाइफ इन्सुरेन्स पुनः ७०% हकप्रद जारी गरेर २ अर्ब पुर्याउने तयारीमा लागेको छ । त्यसैगरी, निर्जीवनमा पनि तोकिएको शिखर इन्सुरेन्सले पुँजी पुर्याइसकेको छ । 
 
यता, नयाँ थपिएका जीवन बिमा कमपनीहरुले भने आइपीओ जारी गरेर तोकिएको पुँजी पुर्याउनुपर्नेछ । त्यसो त बिमा समितिले समय थप्दा पनि पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई मर्जरमा लैजाने घोषणा गरेको छ ।

यसर्थ, अब थपिएको समयमा पनि पुँजी पुर्याउन नसक्नेलाई फोर्सफुल मर्ज तथा एक्विजिसनमा लगिने सम्भावना पनि उत्तिकै छ । यसैगरी, नयाँ खुलेका कम्पनीहरुले पनि पुँजी पुर्याउन आइपीओ जारी गर्ने तयारीमा लागेका छन् । 
 
(नोट : पुँजी नपुगेका कम्पनीहरुको मात्र विवरण उल्लेख गरिएको)
 
 
 

Post Your Comment