Market Closed

नेपाल लाइफ इन्स्योरेन्स : कम्पनी विश्लेषण (बिहीवार, ३० भदौ २०७३)

15 Sep,2016
  • nepal_life_insurance_resize_9_15_2016_12_04_31.jpg

कम्पनीको २०७२/७३ आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा रू. २४ करोड ४ लाख रहेको छ। बीमा कोष ३७ दशमलव ९६ प्रतिशत बढेको छ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा सेतो लामो मारुबोजु बनेको छ । यसले खरीद चाप बढेको देखाउँछ ।

आरएसआई : ओभरबोट जोन (७६ दशमलव ८३ स्केल)मा छ । खरीद चाप बढेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : ३२ दशमलव ३७ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य २१ दिने मूल्यरेखा, ट्रेण्ड लाइन र ७ दिने मूल्यरेखाभन्दा माथि रहेको छ  । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ३ हजार ६ सय ७७ मा टेवा पाउन सक्छ । मूल्य महँगिएमा रू. ३ हजार ९ सय ५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को चौथो त्रैमासिक वित्तीय विवरणबीच तुलना
- कम्पनीको अन्तिम त्रैमासमा खुद नाफा ५४ दशमलव ४२ प्रतिशतले घटेर रू. २४ करोडमा सीमित भएको छ । आय २९ दशमलव ५० प्रतिशतले बढेर रू. १३ अर्ब पुगेको छ ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ११ प्रतिशतबाट बढेर ३० दशमलव ४२ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ४४ दशमलव २४ प्रतिशत घटेको छ भने बीमा कोष ३७ दशमलव ९६ प्रतिशतले बढेर रू. ३२ अर्ब १३ करोड पुगेको छ ।

- दीर्घकालीन लगानी तथा कर्जा ७ दशमलव ६६ प्रतिशत घटेर रू. ५ अर्ब ९९ करोडमा सीमित भएको छ ।

- आय २९ दशमलव ५० प्रतिशतले बढेर रू. १३ अर्ब ५ करोड र व्यय २४ दशमलव २४ प्रतिशतले बढेर रू. ३ अर्ब ८६ करोड छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ४४ दशमलव १४ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू ८ प्रतिशतले बढेको छ ।

- कम्पनीको चौथो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. ११ र पीई रेशियो साढे ३ सय ६१ गुणा छ । सो आम्दानी र शेयरको पछिल्लो कारोबार मूल्यका आधारमा निकालिएको पीई रेशियो साढे ३ सय ३४ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको करीब ३१ गुणा छ ।

Post Your Comment