Market Closed

नेपाल लाइफले नाफा ह्वात्तै बढायो, जीवन बिमा कोषमा पनि ३४ अर्ब रूपैयाँ

13 Nov,2016
  • nepal_life_11_13_2016_10_56_12.png
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ८९ लाख ६७ हजार ५८ रूपैयाँ खुद नाफा आर्जन गरेको छ । 
 
कम्पनीले  गत  वर्ष यही बेलाको तुलनामा खुद नाफा चार करोड २४ लाख ९३ हजार तीन सय २० रूपैयाँले बढाएको हो । यसआधारमा नेपाल लाइफले यसपटक नाफामा तरक्की नै गरेको मान्नुपर्छ । 
 
गत वर्ष पहिलो त्रैमासमा  कम्पनीको खुद नाफा जम्मा एक करोड ६४ लाख ७३ हजार सात सय ३८ रूपैयाँमात्र थियो । एफपीओमार्फत चुक्ता पुँजी बढाउने तयारी गरिरहेको नेपाल लाइफको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ । 
 
नेपाल लाइफको जगेडा कोषमा ३१ करोड ८२ लाख ३१ हजार रूपैयाँभन्दा बढी छ । यो कम्पनीको जीवन बिमा कोषको आकार ३४ अर्बभन्दा बढीको भइसकेको छ । नेपाल लाइफले महाविपत्ति कोषमा पनि १५ करोड रूपैयाँभन्दा बढी विनियोजन गरिसकेको छ ।
 
यो कम्पनीले खुद बिमा शुल्कमात्रै दुइ अर्ब ६६ करोड पाँच लाखभन्दा बढी आर्जन गर्न सफल भएको छ । कम्पनीले बिमा लेखको धितो कर्जाबाट १० करोड ७६ लाख ८६ हजार एक सय ८६ रूपैयाँ कमाएको छ । 
 
नेपाल लाइफले हालसम्म ४२ अर्ब रूपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ एक सय २१ रूपैयाँ ९१ पैसा रहेको छ । 

Post Your Comment