नेपाल लाइफको एफपीओ भाउ १४ सय २५ रूपैयाँ, धितोपत्र बोर्डले दियो अनुमति

29 Dec,2016
  • nepal_life_12_29_2016_2_28_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले एफपीओ निष्कासन गर्ने भएको छ । एक सय रूपैयाँ अंकित मूल्यमा १३ सय २५ रूपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले एफपीओ ल्याउन धितोपत्र बोर्डले अनुमति दिएको हो । नेपाल लाइफले ३० लाख ९६ हजार चार सय २० कित्ता एफपीओ बिक्री गर्नेछ । 
 
इन्सुरेन्सले एक सय रुपैयाँ अंकित मूल्यको ३० लाख ९६ हजार चार सय २० कित्ता सेयर सर्वसाधारणलाई बेच्न लागेको हो । लामो समयदेखि नेपाल लाइफको एफपीओ पाइपलाइनमा थियो । यसअघि कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यसहित २९ सय ५१ रूपैयाँमा एफपीओ ल्याउने प्रस्ताव गरेको थियो । 
 
कम्पनीको प्रस्ताव गरेको त्यो भाउ धितोपत्र बोर्डले अस्वीकृत गरेको थियो । त्यसपछि बोर्डले एफपीओ निष्कासनसम्बन्धी नयाँ निर्देशन जारी गर्यो । त्यसै विधिका आधारमा अहिले नेपाल लाइफले एफपीओ ल्याउन अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ । 
 

Post Your Comment