Market Closed

नेपाल लाइफको ७०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, अब अधिकृत पुँजी ८ अर्ब

27 Mar,2018
  • Nepal-life-insurance-company-ltd_3_27_2018_10_40_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको ७०.५३% लाभांश सुरक्षित गर्ने मंगलबार (चैत १३) अन्तिम दिन हो । चैत २८ मा साधारण सभा भर्न कम्पनीले बुधबार (चैत १४) देखि साधारणसभा हुने दिन सम्म बुक क्लोज गर्दैछ । यसआधारमा ४२% बोनस र २८.५३% नगद लाभांश सुरक्षित गर्न मंगलबार नै सेयरधनी बनिसक्नुपर्नेछ । साधारण सभा चैत २८ गते होटल भिष्वा, वीरगञ्जमा बिहान ९.३० बजे सुरु हुनेछ ।
 
सभामा नेपाल लाइफले ४२% बोनस सेयर वितरण गर्ने विषेश प्रस्ताव लैजानेछ । यसैगरी, २८.५३% नगद लाभांश वितरण गर्नै अर्कौ प्रस्ताव एजेन्डा बन्नेछ । कम्पनीले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।
 
नेपाल लाइफले हाल कायम संस्थापक तथा साधारण सेयरधनीको सेयर संरचनालाई परिर्वतन गर्ने अर्को विशेष प्रस्ताव पनि लैजाने भएको छ । जस अनुसार संस्थापक सेयरधनीको १०% हिस्सा सेयर साधारण सेयरमा परिणत गरिनेछ । 
 
हाल कम्पनीमा संस्थापकको ७०% र साधारण सेयरधनीको ३०% सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६०% र सर्वसाधारणको ४०% कायम गर्न लागिएको हो । कम्पनीको अधिकृत पुँजी वृद्धि गरेर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभामा पेश गरिदैछ ।

सभामा २०७४ असार मसान्त सम्मको वासलत तथा २०७३–७४ को आय व्यय, नाफा नोक्सान र अन्य हिसाब सम्बन्धी सम्पूर्ण प्रस्ताव पनि पेश गरिनेछ । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुग्नेछ ।

त्यस्तै, कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ आकर्षक रकम छ । चालु आर्थिक वर्षको दोस्रो कम्पनीले त्रैमासमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ । 
 
 

Post Your Comment