नेपाल लाइफको ४२% बोनस सेयरमा मूल्य समायोजनपछि यसरी घट्यो भाउ

28 Mar,2018
  • Nepal-life-insurance-company-ltd_3_28_2018_10_59_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको ४२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । इन्सुरेन्सको बोनस समायोजनपछि सेयर भाउ प्रतिकित्ता ११ सय १६ रुपैयाँ कायम भएको छ । बुधबार नेपाल लाइफको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत अधार मूल्य भने १६ सय ९९.१० रुपैयाँ छ ।

कम्पनीले चैत २८ गते हुने वार्षिक साधारण सभामा ४२% बोनस र २८.५३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसका लागि कम्पनीले बुधबार (चैत १४ गते) देखि बुक क्लोज गरेको हो । सभामा अधिकृत पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुँदैछ । 
 
हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुग्नेछ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।
 

Post Your Comment