Market Closed

नेपाल लाइफले बुधबार ७०.५३% बम्पर लाभांश पारित गर्दै, कसले पाउँछ ?

10 Apr,2018
  • Nepal-life-insurance-company-ltd_4_10_2018_3_51_01.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको अठारौं वार्षिक साधारण सभा बुधबार (चैत २८ गते) हुँदैछ । सभामा नेपाल लाइफले ४२% बोनस सेयर र २८.५३% नगद गरी ७०.५३% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।
 
त्यस्तै, नेपाल लाइफले हाल कायम संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामित्व संरचनालाई परिर्वतन गर्ने अर्को प्रस्ताव पनि लैजाँदैछ । जस अनुसार संस्थापक शेयरधनीको १०% हिस्सा सेयर साधारण सेयरमा परिणत गरिनेछ ।  हाल कम्पनीमा संस्थापकको ७०% र साधारण सेयरधनीको ३०% सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६०% र सर्वसाधारणको ४०% कायम गर्ने प्रस्ताव साधारण सभामा लगिनेछ । सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९.३० बजेबाट सुरु हुनेछ ।
 
साधारण सभा गर्न नेपाल लाइफले चैत १४ गतेदेखि बुधबारसम्म बुक क्लोज गरेको छ । चैत १३ गतेसम्म कायम सेयरधनीले बोनस र नगद लाभांश पाउनेछन् । हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ छ । बोनसपछि चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६ सय २५ रुपैयाँ पुग्नेछ ।
 
यता, कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ आकर्षक रकम छ । चालु आर्थिक वर्षको दोस्रो कम्पनीले त्रैमासमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा रहेको नेपाल लाइफको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।

Post Your Comment