Market Closed

नेपाल लाइफ झन् मजबुत बन्दै, खुद नाफामा ६.३७% वृद्धि, जीवन बिमा कोषमा ४७ अर्ब

08 May,2018
  • Nepal-life-insurance-company-ltd_5_8_2018_10_49_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४३ करोड ५७ लाख ८६ हजार ६३८ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ६.३७% धेरै हो । गत वर्ष यस कम्पनीले ४० करोड ९६ लाख ७२ हजार ९७४ रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
यता, नेपाल लाइफको खुद बिमा शुल्क पनि ३६.८२% वृद्धि भएर १० अर्ब ६९ करोड ५७ लाख १५ हजार ८९४ रुपैयाँ पुगेको छ । गत वर्ष नेपाल लाइफले ७ अर्ब ८१ करोड ७३ लाख २८ हजार २०० रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्म कम्पनीले कुल बिमा शुल्क आर्जन भने १० अर्ब ७७ करोड ५४ लाख ५८ हजार रुपैयाँ पुर्याएको छ । यो गत वर्ष भन्दा ३५.६३% ले धेरै हो ।
 
यता, पुनर्बिमा कमिसनबाट ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । नेपाल लाइफले यो त्रैमासम्ममा ३ अर्ब ७० करोड २९ लाख ७३ हजार ५६ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष १ अर्ब ९४ करोड ५७ लाख २९ हजार ८१३ रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको थियो । यसको कुल दाबी भुक्तानी भने ३ अर्ब ९१ करोड २५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
 
चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६४८ रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ४८ करोड २ लाख ४३ हजार ९५९ रुपैयाँ छ । कम्पनीले जीवन बिमा कोषको रकम पनि ३७ अर्बबाट बढाएर ४७ अर्ब ६८ करोड २६ लाख ३२ हजार ७४६ रुपैयाँ पुर्याएको छ ।
 
जीवन बिमा कोषको आकार बढ्दै जानुले कम्पनी थप मजबुत बन्दै गएको बुझ्न सकिन्छ । नेपाल लाइफले महाविपत्ती कोषमा ३२ करोड ५४ लाख १८ हजार ६८६ रुपैयाँ छुट्याएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल लाइफको विस्तृत वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment