Market Closed

नेपाल लाइफको नाफामा न्यून वृद्धि, यस्तो छ कारण

13 Nov,2019
  • Nepal-life-insurance-compa_49_8_15_2018_1_25_04.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल लाइफ इन्सुरेन्सको नाफामा न्यून वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नाफा ०.१२% ले बढेर २० करोड ४४ लाख पुगेको छ । बिमांकीय मूल्यांकन हुन बाँकी भएकाले नाफामा न्यून वृद्धि भएको कम्पनीले जनाएको छ । गत वर्ष यसैअवधिमा यसले २० करोड ४१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो । 

इन्सुरेन्सको रिजर्भ फन्ड २७.८३% ले घटे २ अर्ब ६४ करोड १२ लाख ९ हजार रुपैयाँमा आएको छ । यसअवधिमा जीवन बिमा कोष भने ३२.८७% ले बढेको छ । चुक्ता पुँजी २५% ले बढेर ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ पुगेको छ । यता, प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६९ पैसाले घटेर १४ रुपैयाँ ८८ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६८ पैसा छ । 

Post Your Comment