Market Closed

नेप्सेमा सूचीकृत ८ जीवन बिमा कम्पनीमा कुन सबैभन्दा बढी तगडा ?

18 Nov,2020
  • Life-Insurance_img_11_18_2020_7_48_45.jpg
 
इशारा कोइराला
 
काठमाडौं : नेप्सेमा सूचीकृत ८ जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको प्रमुख सूचकहरुमा सुधार आएको छ । यी ८ कम्पनीहरुमध्ये अधिकांश सूचकमा नेपाल लाइफ इन्सुरेन्स अब्बल देखिएको छ । प्रतिसेयर आम्दानीमा भने प्राइम लाइफको अग्रता छ । हेरौं ८ जीवन बिमा कम्पनीमा कस्को अवस्था कस्तो :
 
५ कम्पनीको चुक्ता पुँजी बढ्यो
 
१ वर्षको अवधिमा ५ कम्पनीको चुक्ता पुँजी बढेको छ । ३ कम्पनीको पुँजी भने गत वर्षकै यथावत रहेको छ । यसअवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा गुराँस लाइफ इन्सुरेन्स रहेको छ । यस कम्पनीले यसैवर्ष शतप्रतिशत हकप्रद सेयर जारी गरेकाले पुँजी बढेको हो ।



गत वर्ष ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको गुराँस लाइफको पुँजी यो वर्ष १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुगेको छ । यता, सबैन्दा धेरै पुँजी हुनेमा नेपाल लाइफ इन्सुरेन्स रहेको छ । यसको पुँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ छ । 
 
प्राइम लाइफ बाहेक अन्यको जगेडा कोष बढ्यो
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफ बाहेक अन्य ७ कम्पनीको जगेडा कोष बढेको छ । यस अवधिमा सबैभन्दा धेरै जगेडा कोष बढाउनेमा गुराँस लाइफ इन्सुरेन्स रहेको छ । यसको जगेडा कोष ८२.७५% ले बढेर ५६ करोड ६२ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।



यस अवधिमा सबैभन्दा धेरै जगेडा कोष भने नेपाल लाइफ इन्सुरेन्सको छ । यसको जगेडा कोष ३८.८४% ले बढेर ३ अर्ब ६६ करोड ७२ लाख १२ हजार रुपैयाँ पुगेको छ । 
 
८ वटै कम्पनीको जीवन बिमा कोष बढ्यो
 
असोज मसान्तसम्म आइपुग्दा ८ वटै कम्पनीको जीवन बिमा कोषको आकार बढेको छ । सबैभन्दा धेरै बिमा कोष बढाउनेमा रिलायन्स लाइफ इन्सुरेन्स रहेको छ । यसको बिमा कोषको आकार १४६.९१% ले बढेर १ अर्ब ३९ करोड ५६ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।



यस कम्पनीले गत भदौ महिनामा आइपीओ जारी गरेको थियो । यता, सबैभन्दा धेरै जीवन बिमा कोष नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यसको बिमा कोषको आकार ३१.०८% ले बढेर ९४ अर्ब ८२ करोड १३ लाख ६३ हजार रुपैयाँ छ । 
 
८ वटै कम्पनीको नाफा बढ्यो
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ८ वटै कम्पनीको खुद नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपाल रहेको छ । यसको नाफा १४४.६४% ले बढेर ५ करोड ७९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।



यता, रकमका आधारमा सबैभन्दा धेरै नाफा कमाउनेमा नेपाल लाइफ इन्सुरेन्स छ । यसको नाफा १२.०१% ले बढेर २२ करोड ९० लाख २ हजार रुपैयाँ पुगेको छ । तथापि, नेपाल लाइफ लगायत अन्य केही कम्पनीहरुले बिमांकीय मूल्याकंन पछिको नाफा वित्तीय विवरणमा समावेश नगरेको जनाएका छन् । 
 
८ वटै कम्पनीको खुद बिमा शुल्क बढ्यो
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ८ वटै कम्पनीको खुद बिमा शुल्क बढेको छ । यस अवधिमा सबैभन्दा धेरै खुद बिमा शुल्क बढाउनेमा गुराँस लाइफ इन्सुरेन्स रहेको छ । यसको खुद बिमा शुल्क ११४.६२% ले बढेर ९६ करोड २६ लाख ४० हजार रुपैयाँ पुगेको छ ।



यता, सबैभन्दा धेरै खुद बिमा शुल्क नेपाल लाइफ इन्सुरेन्सले आर्जन गरेको छ । यस कम्पनीको खुद बिमा शुल्क १४.१५% ले बढेर ८ अर्ब ९२ करोड ५१ लाख ५२ हजार रुपैयाँ पुगेको छ । 
 
५ कम्पनीको प्रतिसेयर आम्दानी बढ्यो
 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ५ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा एसियन लाइफ इन्सुरेन्स रहेको छ ।



यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७१ पैसाले बढेर १८ रुपैयाँ ७१ पैसा पुगेको छ । यसअवधिमा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी प्राइम लाइफको २१ रुपैयाँ ३९ पैसा रहेको छ । 
 

Post Your Comment