Market Closed

नेसनल लाइफको खुद नाफा ४७.२१% ले बढ्दा जगेडा कोष पनि गयो ३७९.८८% ले माथि

12 May,2017
  • national-life-insurance-company-ltd_5_12_2017_12_06_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४७.२१% ले खुद नाफा बढोत्तरी गरेको छ । यो त्रैमासमा नेसनल लाइफले १७ करोड ४७ लाख ४ हजार ३५१ रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको यस अवधिमा नेसनलको खुद नाफा ११ करोड ८६ लाख ७० हजार ३७० रुपैयाँमात्र थियो । कम्पनीको चुक्ता पुँजीमा भने कुनै परिवर्तन भएको छैन । गत वर्ष १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार ६७० रुपैयाँ रहेको चुक्ता पुँजी यो त्रैमासमा पनि त्यति नै छ । तर बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब हुनुपर्ने प्रावधान बनाएपछि चुक्ता पुँजी बढाउन नेसनलले फेरि २५% बोनस सेयर दिने र ७५% हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले जगेडा कोषमा ३७९.८८% ले वृद्धि गरेर ५५ करोड २२ लाख ८८ हजार ६३३ रुपैयाँ जम्मा गरेको छ । गत वर्ष कम्पनीको जगेडा कोषमा ११ करोड ५० लाख ८८ हजार ६५१ रुपैयाँ मात्र थियो । 
 
नेसनलको जीवन बिमा कोषको आकार बढेर १६ अर्ब १७ करोड ६८ लाख १५ हजार ३९५ रुपैयाँ पुगेको छ । जीवन बिमा कोष पनि गत वर्षको तुलनामा १८.८०% बढी  हो । गत वर्ष जीवन बिमा कोषमा १३ अर्ब ६१ करोड ६५ लाख ४७ हजार ७०० रुपैयाँ थियो । कम्पनीले महाविपत्ति जगेडा ९४.२३% ले बढाएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको महाविपत्ति जगेडामा ९ करोड ४९ लाख ७१ हजार ७४२ रुपैयाँ रहेको छ । यो त्रैमाससम्ममा नेसनलले ३ अर्ब १८ करोड  ८६ लाख १२ हजार ८० रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यसको कुल दाबी भुत्तानी संख्या ७ हजार ५०५ छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५८ पैसा रहेको नेसनलको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८५ पैसा छ ।
 
 
 

Post Your Comment