Market Closed

नेसनल लाइफको २५% बोनस समायोजनपछि कति रुपैयाँमा खुल्यो कारोबार ?

23 Jul,2017
  • Price_adjustment_7_23_2017_11_41_06.jpg
नेपाली पैसा
 
काठमाडौ : नेसनल लाइफ इन्सुरेन्सको २५% बोनसमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले नेसनलको बोनस समायोजन गरी  प्रतिकित्ता १९ सय ९२ रुपैयाँमा कारोबार खुला गराएको हो । नेसनलको औसत आधार मूल्य भने १९ सय ८८ रुपैयाँ छ । कम्पनीले साउन २७ गते साधारण सभा गर्न आजदेखि बुक क्लोज गरेको हो । साधारण सभामा २५% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.३२% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसैगरी, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा ६०% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा लगिंदैछ । साधारण सभा नेसनल लाइफको केन्द्रीय कार्यालय, लजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे बस्नेछ ।

Post Your Comment