Market Closed

६०% हकप्रद ल्याउनै लाग्दा नेसनल लाइफले नाफामा पनि यसरी मार्यो फड्को

16 Nov,2017
  • national-life-insurance-company-l_11_16_2017_11_36_15.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ कारोड २० लाख ९१ हजार रुपैयाँ खुद नाफ कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको यही अवधिको तुलनामा ६२.३७% ले खुद नाफा वृद्धि गरेको हो । गत आर्थिक वर्र्षको पहिलो ३ महिनामा ५ करोड ५ लाख ५९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो । यस इन्सुरेन्सको कुल बिमा शुल्क आजर्न पनि २६.८७% ले बढाएर १ अर्ब ३७ करोड ७३ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । पुनर्बिमा कमिसनबाट ६५ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको यस कम्पनीले कुल ४३ करोड ४८ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गर्न पनि सफल भएको छ । यता, भुक्तानी हुन बाँकी दाबी रकम भने १५ करोड १९ लाख ६५ हजार रुपैयाँ छ । नेसनलको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ थियो । नेसनलले चुक्ता पुँजी वृद्धिका लागि ६०% हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । हकप्रदका लागि कम्पनीले हालैमात्र धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यो इन्सुरेन्सको रिजर्भ कोषमा ३४ करोड २३ लाख ९६ हजार रुपैयाँ जम्मा भएको छ । यसको जीवन बिमा कोषमा भने १८ अर्ब ३७ करोड ८८ लाख ४१ हजार रुपैयाँ छ । गत वर्षको यसै अवधिमा जीवन बिमा कोषमा १५ अर्ब २४ करोड ४९ लाख १५ हजार रुपैयाँमात्र थियो । कम्पनीको महाविपत्ति जगेडामा ११ करोड ६१ लाख ९५ हजार रुपैयाँ छ । नेसनलको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५९ पैसा छ ।
 
 
 
 

Post Your Comment