Market Closed

नेसनल लाइफको खुद नाफा २७.१०% बढ्यो, जीवन बिमा कोषमा २० अर्ब ३९ करोड

11 May,2018
  • national-life-insurance-company-ltd_5_11_2018_11_24_00.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २२ करोड २० लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा १७ करोड ४७ लाख ४ हजार रुपैयाँ रहेको खुद नाफा यसपालि २७.१०% ले धेरै भएको हो । यो इन्सुरेन्सले खुद बिमा शुल्क आम्दानी ३ अर्ब ९४ करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको छ ।
 
नेसनलले पुनर्बिमा कमिसनबाट पनि १ करोड ९३ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले कुल १ अर्ब २७ करोड ३५ लाख ८३ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम १७ करोड ९१ हजार रुपैयाँ रहेको छ ।
 
यता, नेसनलले चुक्ता पुँजी २५% ले वृद्धि गरी १ अर्ब ६५ करोड ६० लख ७९ हजार रुपैयाँ पुर्याएको छ । पुँजी वृद्धिका लागि यस इन्सुरेन्सको ६०% हकप्रद अहिले पाइपलाइनमा छ । जीवन बिमा कोषको आकार १६ अर्ब १७ करोड रुपैयाँबाट बढेर २० अर्ब ३९ करोड १० लाख २३ हजार रुपैयाँ पुगेको छ ।
 
कम्पनीको रिजर्भ कोषमा भने ४३ करोड ८१ लाख ९१ हजार रुपैयाँ मात्र छ । नेसनलको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९६ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४४ पैसा ।

नेसनल लाइफको तेस्रो त्रैमासिक वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment