Market Closed

नेसनल लाइफको ६०% हकप्रदमा कल इन एड्भान्स जम्मा गर्न ३५ दिनको समय

22 May,2018
  • national-life-insurance-company-_5_22_2018_6_39_55.jpg
नेपाली पैसा
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सले सञ्चालक तथा आधारभूत सेयरधनीहरुलाई कल इन एड्भान्स जम्मा गर्न अनुरोध गरेको छ । अब इन्सुरेन्सको कुल चुक्ता पुँजीको १% वा त्यसभन्दा बढी सेयर लिएका सेयरधनीले जेठ ८ गतेदेखि ३५ दिनभित्र कल इन एड्भान्स जम्मा गर्नुपर्नेछ । यो इन्सुरेन्सले बिक्री गर्न लागेको ६०% हकप्रदका लागि कल इन एड्भान्स मागेको हो । 
 
सेयरधनीले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको पुतलीसडक शाखामा रहेको खाता नं ०१२४५२४६१७०८००१७ मा रकम जम्मा गर्नुपर्नेछ । नेसनल लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । संस्थापक र आधारभूत सेयरधनीले रकम जम्मा गरिसकेपछि बाँकी सेयरधनीका लागि हकप्रद खुल्नेछ । 
 
कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल नेसनल लाइफको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५८८ रुपैयाँ छ । यही पुँजीबाट ६०% हकप्रद बिक्री खुला गर्न लागेको हो । हकप्रद बिक्रीपछि नेसनलको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४० रुपैयाँ पुग्नेछ ।
 

Post Your Comment