Market Closed

नेसनल लाइफ इन्सुरेन्सको २ लाख ७८ हजार कित्ता सेयर लिलामीमा, कहिलेसम्म छ भर्ने म्याद ?

07 Nov,2018
  • national-life-insurance-company_8_16_2018_1_08_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल लाइफ इन्सुरेन्सको लिलामी सेयर भर्न अब २ कार्य दिन मात्र बाँकी रहेको छ । नेसनल लाइफले कात्तिक १५ गतेदेखि २ लाख ७८ हजार ११९.३४ कित्ता सेयर लिलामी खुला गरेको हो । यसमा कात्तिक २६ गते सोमबारसम्म आवेदन दिन पाइनेछ । यस आधारमा अब तिहारपछिको २ दिन मात्र यसमा आवेदन दिने समय छ ।

शुक्रबारसम्म तिहारका कारण सार्वजनिक विदा । शनिबार पनि सार्वजनिक विदा नै हुने भएकाले आइतबार मात्र कार्यालय खुल्नेछ । लगानीकर्ताले आइतबार र रसोमबार मात्र आवेदन दिन सक्नेछन् ।
 
 कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक २६ गतेसम्म छ ।
 
कम्पनीले यसअघि साउन १ गतेदेखि भदौ १९ गतेसम्म ९९ लाख ३६ हजार ४७७।५ कित्ता ९६०५० हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ९६ लाख ५८ हजार ३५८.२० कित्ताका लागि मात्र आवेदन परेको थियो । २ लाख ७८ हजार ११९।३४ कित्ता हकप्रद बिक्री हुन सकेन । हकप्रद नबिकेको सेयर अहिले लिलामी प्रणालीबाट बिक्री गर्न लागिएको हो । 
 
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं तथा यसका शाखा कार्यालय लालदरबार काठमाडौं, ललितपुर, पोखरा, बुटवल वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको नेपालगञ्ज, सुर्खेत, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
 
हाल नेसनल लाइफ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४४ रुपैयाँ पुग्नेछ ।
 
यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा छ । कम्पनीले आर्थिक वर्ष २०७६।७७ मा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४३ पैसा र नेटवर्थ २०३ रुपैयाँ १८ पैसा पुर्याउने प्रक्षेपण गरेको छ । 
 
 

Post Your Comment