नेसनल इन्सुरेन्सको खुद नाफा १ करोड ७० लाख, जगेडा कोष ऋणात्मक

06 Dec,2018
  • financial-data-image-2_8_29_2017_6_24_12.png
नेपाली पैसा
 
काठमाडौं : नेसलन इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिमा कम्पनी ६८ करोड १ लाख ७८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । कम्पनीले खुद बिमा शुल्क २५ करोड १७ लाख रुपैयाँबाट बढाएर २६ करोड ७५ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ ।
 
यता, पुनर्बिमा कमिसनबाट नेसनलले यो त्रैमासमा १८ हजार रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ । यो त्रैमास सम्ममा नेसनलले २८ करोड ४८ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । यसले कुल १८ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ६६ करोड ३८ लाख ३९ हजार रुपैयाँ छ ।
 
नेसनलको जगेडा कोष भने ३८ करोड ५१ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बिमा कोषको आकार ८३ करोड २३ लाख रुपैयाँबाट बढाएर ९९ करोड ८३ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । नेसनल इन्सुरेन्सले सर्वसाधारणमा सेयर जारी गरेको छैन ।

नेसनल इन्सुरेन्सको रिपोर्ट यहाँबाट हेर्नुहोस् ।

Post Your Comment