एनएमबि र ओमलाई मर्जरमा जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

24 Jun,2019
  • acquire_8_19_2018_4_31_18.png
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले आइतबार (असार ८ गते) पत्र पठाएर सैद्धान्तिक सहमति दिएको हो ।
 
एनएमबि र ओमले जेठ २ गते मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त दिनदेखि नेप्सेमा एनएमबिको सेयर कारोबार रोक्का रहेको छ । ओमको भने यसअघि प्राइम बैंकले एक्वायर गर्ने निर्णय भएदेखि नै सेयर कारोबार रोक्का रहेको छ । 
 
तर प्राइमसँगको एक्विजिसन सम्झौता भाँडिएपछि ओम अहिले एनएमबिमा मिसिन लागेको हो । मर्जरपछि बन्ने बैंकको नाम पनि एनएमबि बैंक नै राखिने भएको छ । यी दुवै बैंकको सेयर कारोबार मर्जर प्रक्रिया सम्पन्न भएपछि खुल्नेछ ।

Post Your Comment