Market Closed

एनएमबि बैंक अघि बढ्दै, खुद नाफा ४३.६७% ले वृद्धि हुँदा प्रतिसेयर आम्दानीमा पनि सुधार

28 Jan,2018
  • NMB-bank-Ltd_1_28_2018_11_37_40.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४३.६७% ले खुद नाफा वृद्धि गरेको छ । बैंकले यो त्रैमासमा १ अर्ब ७२ लाख ५९ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यही अवधिमा भने यसको खुद नाफा ७० करोड १० लाख ७८ हजार रुपैयाँ मात्र थियो । खुद ब्याज आम्दानीमा १०.४०% र सञ्चालन नाफामा ३८.५८% वृद्धि भएपछि खुद नाफा उकास्न मद्दत पुगेको हो । यता, बैंकले २५ करोड ६५ लाख ३१ हजार रुपैयाँ राइट ब्याक पनि गरेको छ । संभावित जोखिमका लागि बैंकले ९ करोड ५६ लाख १७ हजार रुपैयाँ छुट्याएको छ । एनएमबिले ८० अर्ब ५५ करोड २६ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानी ६० अर्ब ४० करोड रुपैयाँबाट बढाएर ७० अर्ब ९३ करोड ११ लाख ३३ हजार रुपैयाँ पुर्याको छ । यसको कर्जा निक्षेप अनुपात ७६.६१% छ । खराब कर्जालाई पनि सुधार गरेर १.२०% मा ल्याएको छ । गत वर्ष यही अवधिमा खराब कर्जा १.८९% थियो । यता, कस्ट अफ फन्ड भने ४.०४% बाट बढेर ७.१४% मा पुगेको छ । एनएमबिले चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । पुँजी वृद्धि गर्नका लागि बैंकले एफपीओ ल्याउन धितोपत्र बोर्डमा निवेदन दिएको छ । रिजर्भ कोषमा पनि १५.१४% सुधार गरी ५ अर्ब २३ करोड २६ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको छ । एनएमबिको प्रतिसेयर आम्दानीमा वृद्धि भएको छ भने नेटवर्थ घटेको छ । बैंकको गत वर्ष २८ रुपैयाँ ३१ पैसा रहेको प्रतिसेयर आम्दानी (वार्षिक) बढेर यो वर्ष ३१ रुपैयाँ १८ पैसा पुगेको छ । यता, प्रतिसेयर नेटवर्थ भने १८३ रुपैयाँ ६९ पैसाबाट घटेर १८० रुपैयाँ ९८ पैसा भएको छ ।

एनएमबि बैंकको पूर्ण वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।http://www.nepalipaisa.com/documentviewer.aspx/NMB/NMB-Bank-Limited/file/nmb_bank_ltd,_2nd_qtr_watermark_1_28_2018_10_52_26_AM.pdf

Post Your Comment