Market Closed

एनएमबि बैंकको एफपीओ भाउ प्रतिकित्ता ३३३ रुपैयाँ, धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी

29 May,2018
  • NMB-bank-Ltd_5_29_2018_11_28_15.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकले एफपीओको प्रिमियम भाउ प्रस्ताव गरेको छ । बैंकले फेस भ्यालु १०० रुपैयाँमा २३३ रुपैयाँ प्रिमियम थपेर एफपीओ बिक्री गर्ने भएको छ । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ प्रतिकित्ता ३३३ रुपैयाँमा बेच्ने प्रस्ताव गरेको हो । 
 
एनएमबिले तोकेको प्रिमियम भाउलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिन भने बाँकी छ । बोर्डले अनुमति दिएपछि मात्र निष्कासन प्रक्रिया अघि बढ्नेछ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । यो एफपीओको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो ।
 
यसअघि नेदरल्यान्डको एफएमओ नामक कम्पनीले एनएमबिको चुक्ता पुँजीको २०% एफपीओ २५० रुपैयाँ प्रिमियम भाउमा किनेको थियो । एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
यस बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ ।

Post Your Comment