Market Closed

एनएमबि बैंकलाई एफपीओ बिक्री गर्ने अनुमति, अझै कति पुग्दैन चुक्ता पुँजी ?

01 Jun,2018
  • NMB-bank-Ltd_6_1_2018_3_45_08.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले एनएमबि बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २७९ रुपैयाँ बराबरको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री गर्न अनुमति दिएको हो । बैंकले फेस भ्यालु १०० रुपैयाँमा २३३ रुपैयाँ प्रिमियम थपेर ३३३ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ ।
 
बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । यसअघि नेदरल्यान्डको एफएमओ नामक कम्पनीले एनएमबिको चुक्ता पुँजीको २०% एफपीओ २५० रुपैयाँ प्रिमियम भाउमा किनेको थियो ।
 
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ३०० रुपैयाँ पुग्नेछ । यसआधारमा एनएमबिले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ३९ करोड ६७ लाख ९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नुपर्नेछ ।
 
एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ । 

Post Your Comment