Market Closed

एनएमबि बैंकको १ करोड १४ लाख कित्ता एफपीओ खुला, भाउ प्रतिकित्ता ३३३ रुपैयाँ

13 Jun,2018
  • NMB-bank-Ltd_6_13_2018_10_00_33.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकको बुधबार (जेठ ३० गते) देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर एफपीओ बिक्रीमा ल्याएको हो। लगानीकर्ताले प्रतिकित्ता ३३३ रुपैयाँका दरले यो एफपीओमा आवेदन दिन सक्नेछन् । एनएमबिको मंगलबारको क्लोजिङ भाउ भने ३६७ रुपैयाँ छ ।
 
एनएमबिको एफपीओमा असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । यो अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ । यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो । 

बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न लागेको हो । यसअघि नेदरल्यान्डको एफएमओ नामक कम्पनीले एनएमबिको चुक्ता पुँजीको २०% एफपीओ २५० रुपैयाँ प्रिमियम भाउमा किनेको थियो ।

एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । 

Post Your Comment