Market Closed

एनएमबिको एफपीओमा बिहीबारसम्म ४५ करोड रुपैयाँको पर्यो आवेदन

14 Jun,2018
  • NMB-bank-Ltd_5_2_6_14_2018_5_24_58.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकको एफपीओमा दोस्रो दिन बिहीबारसम्ममा कुल ४५ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सूचना अधिकृत उद्धव सिलवालका बिहीबारसम्ममा ४५ करोड रुपैयाँको आवेदन परेको हो । जसमा १७ हजार ३९० जना आवेदकहरुबाट १३ लाख २४ हजार १३५ कित्ताका लागि आवेदन परेको उनले नेपाली पैसालाई बताए । यो तथ्यांक बुधबार र बिहीबार २ दिनको हो । 
 
बिक्री प्रबन्धकका अनुसार बुधबार ६ लाख कित्ता एफपीओका लागि १९ करोड ७५ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । बैंकले बुधबारदेखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँका दरले लगानीकर्ताले यो एफपीओमा आवेदन दिन सक्नेछन् । 
 
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५७ हजार ७० कित्तासम्म भर्न सकिन्छ । एनएमबिको एफपीओमा असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार २८ गतेसम्म भर्न पाउने व्यवस्था छ । 
 
यसमा सी–आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गर्न गरेको हो ।
 
एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ ।
 

Post Your Comment