Market Closed

एनएमबिको विशेष साधारण सभा सम्पन्न, ओमसँग मर्ज हुने प्रस्ताव पारित

13 Aug,2019
  • nmb_2_8_13_2019_2_47_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव अनुमोदन भएको छ । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे सुरु भएको थियो ।  गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले यसअघि गरेका निर्णयहरु अनुमोदन गरिएको हो । 
 
एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज हुन लागेको हो । विशेष  मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिइसकेको छ । यता, ओमले पनि सोमबार विशेष साधारण सभा गरेर मर्ज प्रस्ताव अनुमोदन गरिसकेको छ । 
 
 एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने निर्णय गरिएको छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ । एनएमबिले सेयर ब्रोकरको काम गर्ने प्रस्ताव पनि पारित भएको छ । 
 
एनएमबि र ओमले जेठ २ गते नै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर सम्झौता पश्चात एनएमबिको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ ।मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ ।
 
ओम विशेष गरी पोखरा र आसपासमा कार्यक्षेत्र बनाएर स्थापना भएको बैंक हो । एनएमबिसँग मर्ज भएपछि पोखरा, चितवन लगायतका क्षेत्रमा बैंकको पहुँच विस्तार गर्न थप सहज हुनेछ । चितवन लगायतका तराईका जिल्लामा कृषि कर्जा विस्तारलाई पनि बैंकले प्राथमिकतामा राख्नेछ । सहायक कम्पनी खोलेर ब्रोकरको काम पनि गर्नेछ । 
 

Post Your Comment