Market Closed

एनएमबीमा एफएमओको २० प्रतिशत लगानी, प्रिमियम भाउ दुई सय ५० रूपैयाँ

20 Sep,2016
  • nmb_bank_resize_9_20_2016_3_43_51.jpg
नेपाली पैसा 
काठमाडौं : एनएमबी बैंकमा नेदरल्यान्डस्थित् साझेदार एफएमओले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । 
 
दुई बैंकबीच भदौ २९ मा यस्तो सहमति भएको हो । अब एनएमबी बैंकमा एफएमओको लगानी चुक्ता पुँजीको २० प्रतिशत पुग्नेछ । एफएमओले प्रिमियममा सेयर किन्ने भएको छ । 
 
यसअनुसार एमएमओले प्रतिकित्ता दुई सय ५० रूपैयाँका दरले प्रिमियममा लगानी गर्नेछ ।  एक सय रूपैयाँ अंकित मूल्यमा एक सय ५० रूपैयाँ थपेर प्रिमियमा सेयर बिक्री  गर्न लागिएको एनएमबी बैंकले जानकारी दिएको छ । 
 
प्रिमियम रकम आएपछि बैंकको रिजर्भ थप बलियो हुनेछ । पछिल्लो समय एनएमबी बैंकको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढेको पाइएको छ । 

Post Your Comment