Market Closed

एनएमबीले यसरी गर्न सक्यो चमत्कार, खुद ब्याज आम्दानी ६३ करोड ३२ लाख

07 Nov,2016
  • nmb-bank_11_7_2016_11_03_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबी बैंकले पहिलो त्रैमासको नाफामा चमत्कार नै गरेको छ । 
 
गत वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढीले माथि लैजान सक्नु बैंकको पहिलो तीन महिनाको सबैभन्दा ठूलो सफलता हो । 
 
एनएमबीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको रिपोर्ट अनुसार खुद नाफा ३५ करोड ३६ लाख ८५ हजार रूपैयाँ पुगेको छ । जबकी गत वर्ष सोही तीन महिनामा बैंकले जम्मा १४ करोड २८ लाख ५५ हजार रूपैयाँमात्र खुद नाफा कमाएको थियो । 
 
खुद नाफालाई ब्याज आम्दानीले उकासेको हो । यसपटक एनएमबीलाई खुद ब्याज आम्दानीमा अत्यन्तै ठूलो सफलता मिलेको देखिन्छ ।
 
 बैंकले गत वर्ष जम्मा २४ करोड ३७ लाख ४३ हजार रूपैयाँमात्र खुद ब्याज आम्दानी गरेकामा यसपटक यसलाई ह्वात्तै बढाएर खुद ब्याज आम्दानी ६३ करोड ३२ लाख ९२ हजार रूपैयाँ पुर्याउन बैंक सफल भएको छ । 
 
बैंकको प्रतिसेयर आम्दानी ३१.४६ रूपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७७.२९ कायम भएको छ । चुक्ता पुँजी गत वर्षको तुलनामा दोब्बर बढीले माथि गइसकेको छ ।
 
 गत वर्ष यसबेला चुक्ता पुँजी दुई अर्ब ४० करोड रूपैयाँमात्र भएको एनएमबीको अहिले यस्तो पुँजी पाँच अर्ब ४३ करोड ६२ हजार रूपैयाँ पुगेको छ ।

बैंकको रिजर्भ कोष पनि आकर्षक देखिएको छ । एनएमबीले रिजर्भ कोषको आकार चार अर्ब १९ करोड ६९ लाख ६० हजार रूपैयाँ बराबर पुर्याएको हो । 
 
बैंकले ६५ अर्ब रूपैयाँभन्दा बढी निक्षेप संकलन गर्दा ५६ अर्बभन्दा धेरै कर्जा प्रवाह गरेर व्यापारको आयातनलाई पनि क्रमशः फराकिलो बनाउँदै लैजान सफल भएको छ । 
 
जोखिम व्यवस्थापन गर्न १७ करोड ६० लाख ६६ हजार रूपैयाँ प्रोभिजन गर्दा विगतमा जोखिमबापत छुट्याइएको १६ करोड ६ लाख ८० हजार रूपैयाँ राइट ब्याक गर्न बैंक सफल देखिएको छ । 
 
एनएमबीको खराब कर्जा अनुपात १.८३ प्रतिशत, कोषको लागत ३.८१ प्रतिशत, इक्विटीमा प्रतिफल २०.०८ प्रतिशत छ । 
 

Post Your Comment